Section 14
निरीक्षण अधिकृत नियुक्त गर्न वा तोक्न सक्ने
बजार तथा आपूर्ति व्यवस्थालाई प्रभावकारी बनाई उपभोक्तालाई उचित मूल्यमा स्तरयुक्त उपभोग्य वस्तु वा सेवा सरल रूपमा उपलब्ध गराउने कार्यको अनुगमन गर्न नेपाल सरकारले तोकिए बमोजिम निरीक्षण अधिकृतहरू नियुक्त गर्न वा निरीक्षण अधिकृतको रूपमा काम गर्न कुनै अधिकृत कर्मचारीलाई तोक्न सक्नेछ ।